६ बैशाख २०८१, बिहीबार

दुई तिहाइको मुख्यमन्त्री राउतलाई समर्थन

Lal Babu Raut

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो ।

उनको विपक्षमा २३ मत खसेको छ । उनको विपक्षमा लोसपा र नेकपा एमालेका सांसद्हरुले मत दिएका हुन् ।