१६ चैत्र २०८०, शुक्रबार

सभामुख सापकोटाप्रति आशंका कायमै छः नेता नेम्बाङ

rs ktm4pm
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुख अग्निप्रसाद सापकोटाप्रति आशंका कायम रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उपनेता नेम्बाङले सभामुख सापकोटाले नेकपा एमालेमाथि भेदभाव गरेकाले उहाँमाथि आशंका भएको बताउनुभयो ।

नेम्बाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको दाबी गर्नुभयो ।

उहाँले सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले कारबाही गरेको सूचना नटाँसेकोमा एमाले आक्रोशित छ ।

सभामुखले संसदमा देखिएको समस्या समाधानका लागि हिजो सर्वदलीय बैठक बोलाए पनि एमाले सहभागी भएको थिएन ।