१५ बैशाख २०८१, शनिबार

कडा प्रतिस्पर्धाकाबीच इलाम-२ बाट एमालेका सुवास नेम्वाङ निर्वाचित

subash chandra nembang
फाइल फोटो

इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् ।

उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए ।

यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित छन् ।

यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१०, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङ्मु लिम्बुले ६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको ।

यसअघि स्थगित भएको मतगणना शनिबार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।