२० बैशाख २०८१, बिहीबार

प्रतिनिधिसभाकाे १२ सिट रहेको कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू

Karnali I2VYaB4kim

प्रतिनिधिसभाकाे १२ सिट रहेको कर्णाली प्रदेशमा एमाले शून्य बनेकाे छ । प्रतिनिधसभामा शून्य भए पनि प्रदेशसभातर्फ भने पाँच सिट जितिसकेकाे छ।

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा माओवादी केन्द्रका जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्णबहादुर खड्का, क्षेत्र नम्बर २ मा हृदयराम थानी, दैलेख क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी का अम्बरबहादुर थापा, क्षेत्र नम्बर २ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् ।

यस्तै, सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला, डोल्पामा समाजवादी कै धनबहादुर बुढा, जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही, कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

मतदान जारी रहेकाे मुगुमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी अन्य भन्दा अगाडी छन् । हुम्लामा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।

कर्णालीका १० जिल्लामा रहेका १२ सिटमा एमाले शून्य भए पनि प्रदेशसभातर्फ भने अहिलेसम्म डोल्पा (क) मा एमालेका शेरबहादुर बुढा, सुर्खेत क्षेत्र नम्बर २ को (क) मा एमालेका यमलाल कँडेल विजयी भएका छन् ।

मुगु क्षेत्र नम्बर १ (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । दैलेख क्षेत्र नम्बर क्षेत्र नम्बर २ (ख) विनोदकुमार शाहले जिते ।

जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाइ विजयी भएका छन् । प्रदेशसभातर्फ एमालेको अहिलेसम्म पाँच सिटमा एमाले निर्वाचित भइसकेकाे छ ।

मुख्यमन्त्री बारे चर्चा सुरू

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएपछि अब काे बन्लान भनेर चर्चा चल्न थालेकाे छ । चुनावमा होमिएका मुख्यमन्त्रीको आकांक्षी आठ नेतामध्ये ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 

भावी मुख्यमन्त्रीको रुपमा कांग्रेसबाट तीन, एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जनाको नाम चर्चामा थियाे । जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाह र कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित भए ।

सभापति शाहीले मुख्यमन्त्री बन्ने उद्देश्यसहित निर्वाचनमा भाग लिएका थिए । यद्यपि, उनको निर्वाचन क्षेत्र जुम्ला (क) मा उनीविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका देवेन्द्रबहादुर शाहीले चुनाव जिते । 

मुख्यमन्त्रीका आकांक्षीमध्ये पराजित हुनेमा एमाले सह-इञ्चार्ज गुलाबजंग शाह पनि हुन् । उनी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश अधिकारीसँग पराजित भए ।

०७४ मा सल्यान (क) बाट निर्वाचित भएर प्रदेश भामा एमाले सचेतक भइसकेका शाह यो पटक यामलाल कँडेलको विकल्पमा आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा उभ्याउँदै आएका थिए । पराजित हुने डरले निर्वाचन क्षेत्र बदलेर (ख) मा चुनाव लडेका उनी त्यहाँ पनि पराजित भए ।

निर्वाचित हुनेमा माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट, कांग्रेसबाट राजीवबिक्रम शाह, जीवनबहादुर शाही र एमालेबाट यामलाल कँडेल छन् । 

माओवादीबाट मुख्यमन्त्रीका अर्को दाबेदार हुन्, विन्दमान विष्ट । सुर्खेन निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक निर्वाचित भएका उनी यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका व्यक्ति हुन् ।