६ चैत्र २०८०, मंगलवार

आफ्नो पार्टीबाहेक अरुले चुनाव चितेर सरकार बनाउन नसक्ने अध्यक्ष ओलीको दाबी

kp oli
फाइल फोटो

‘एमालेबाट चोइटिएको समूहले वडाध्यक्षसमेत जित्दैन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अरुले चुनाव चितेर सरकार बनाउन नसक्ने दाबी गर्नु भएको छ।

एमाले झापाले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै एमाले बाहेक अरुले जनादेशबाट सरकार बनाउन नसक्ने दाबी गर्नुभयो ।

सम्बोधनको अधिकांश समय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै बिताएका अध्यक्ष ओलीले एमालेबाट चोटिएर गएको समूहले आगामी निर्वाचनमा वडाध्यक्षसमेत नजित्ने जिकिर गर्नुभयो ।