
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा वीरगन्जका व्यवसायी शिवकुमार रुगंटा पटना मेडिकल कलेज बिहारमा भर्ना भएका थिए। उनलाई कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ ।
केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो ।

वीरगञ्जका उनी २२ फेब्रुअरी भारतमा एक विवाह समारोहमा सहभागी हुन गएका थिए र एक सातामा फर्किएका थिए । किड्नीका विरामी उनी स्थानीय अस्पतालमा नियमित चेकजाँचका लागि गएका थिए । अस्पतालले पटना रिफर गर्यो ।
१९ मार्चमा गएका उनीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण भए नभएको चेकजाँच गरिएको थियो ।
यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नेगेटिभ देखिएको हो।