७ बैशाख २०८१, शुक्रबार

कोरोना सर्ने डरले कोलम्बियाको जेलमा भागदौड, २३ कैदीको मृत्यु

Relatives of inmates

कोलम्बियाको बोगोटास्थित एक जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड हुँदा २३ जना कैदीको मृत्यु भएको छ। कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो।

कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो। कोरोना संक्रमण हुने तनावले भागाभाग गर्ने क्रममा भएको झडपमा ८३ कैदी घाइते भएको कोलम्बियाको न्याय मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा क्षमता भन्दा बढी कैदी रहेको तथा स्वास्थ्य सेवा अति नाजुक रहेको भन्दै कैदीबन्दीले आइतबार देशभरका जेलमा प्रदर्शन गरेका थिए। सोही क्रममा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना सन्त्रासको मौका छोपेर कैदी भाग्न खोजेको आशंकमा छानबिन भइरहेको बताइएको छ। एजेन्सी

    सम्बन्धित समाचार...