२६ बैशाख २०८१, बुधबार

नेपाली राजनीतिमा एक्लिदै जाने प्रचण्डको चिन्ता

prachand 1

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली राजनीतिमा आफू अब एक्लिदै जाने चिन्ता व्यक्त गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही १÷२ वर्षपछि यस्तै हुने होकि भन्ने चिन्ता लाग्ने गरेको बताउनुभयो ।

उहाँले विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ वैचारिक राजनीतिक शश्लेषणको समस्या रहेको पनि बताउनुभयो ।

माओवादी नेता परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले विश्व कम्युनिष्ट आन्दोलनमा विचार र राजनीतिक, नयाँ वैचारिक राजनीतिक शश्लेषणको समस्या रहेको बताउनुभयो । त्यही समस्याको सामना अहिले नेपालले गरिरहेको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले केपी शर्मा ओलीसँग पार्टी एकता गरेर आफूले धेरै राजनीतिक ज्ञान प्राप्त गरेको बताउनुभयो ।