१४ बैशाख २०८१, शुक्रबार

जाली नोटको कारोबार गर्ने गिरोह पक्राउ

jali note 1024x718 1

बारा । बारा प्रहरीले जाली नोटको कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय निजगढले जाली नोटको कारोबार गर्ने एउटा गिरोहका ५ जनालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेका गिरोहको साथबाट ९३ लाख नक्कली नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 


निजगढ र रौतहटको गुजरा गाउँपालिकाबाट पक्राउ परेका उनीहरूलाई नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय कलैया, बारामा राखिएको छ ।