१५ बैशाख २०८१, शनिबार

अमेरिकी सहयोग एमसीसी उपाध्यक्ष फातिमाको नेपाल भ्रमणको निचोड : अनुमोदनमा ढिलाइ तर आशावादी

deubafatima1631321609

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताउनु भएको छ ।

आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले २ वर्षअघिनै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताउनुभएको हो । एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएकोले अनुमोदन नभई कार्यान्वयनमा नजाने उहाँको भनाई थियो ।

उपाध्यक्ष सुमारले अब नेपालको संसदबाट एमसीसी सम्झौता पारित हुने आशा पनि व्यक्त गर्नुभयो । नेपालले जतिसक्दो छिटो एमसीसी सम्झौता अनुमोदन गर्छ, त्यत्तिनै नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा गर्ने उहाँको दाबी थियो । उपाध्यक्ष फातिमाले एमसीसीसम्झौताको कुनै अन्तिम समय सीमा भने नरहेको उल्लेख गर्नुभयो ।

गत बिहीबार नेपाल आएको एमसीसीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका शिर्ष नेताहरूसँग भेटघाट गरेको थियो । टोलीले नेपाल सरकारलाई एमसीसी सहयोग चाहिने वा नचाहिने टुंगो लगाउन आग्रह गरेको छ । सरकारले भने राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ ।

सत्तारुढ दलभित्रै एसीसीबारे तीव्र मतभेद रहेकाले अमेरिकी टोलीको भ्रमण उपलब्धिविहीन देखिएको छ । नेपालमा विद्युत प्रशारण लाइन र सडक निर्माणसँग सम्बन्धित ५० मिलियन अमेरिकी डलर राशीको अनुदानका लागि एमसीसी सम्झौता भएको थियो ।