
दोस्रो तथा अन्तिम मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ।
दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमा सकिएको हो । बंगलादेशले सुधारिएको प्रदर्शन गर्दै नेपाली टोलीलाई दबाब दिएको थियो।
यसअघि पहिलो खेलमा नेपालले २द्द१ गोलको जित हात पारेको थियो। एएफसी महिला एसिया कप छनोटको तयारीका लागि नेपालले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।