
सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् विस्तारको विषयमा केही टुङ्गो नलागेको बताउनुभयो । महामन्त्री खड्काले बैठकमा अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताउनुभयो ।
उहाँका अनुसार बैठकमा सैद्धान्तिक विषयमा सहमति भए पनि प्राविधिक विषयमा टुङ्गो लाग्न बाँकी छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी हुनुहुन्थ्यो ।