१३ बैशाख २०८१, बिहीबार

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

satta gathaban 1 68

आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बिहान १० बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । एमालेको अवरोधका बाबजुद संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताइएको छ ।

यसअघि शुक्रबार बसेको गठबन्धन बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल गरेको थियो ।

देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले शुक्रबारको बैठकमा सबै पार्टीलाई आफ्नो आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंग्याउन आग्रह गर्नुभएको थियो ।