१९ बैशाख २०८१, बुधबार

आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छु : अक्षय कुमार

akashya kumar with his mum

बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अभिनेताकी आमा केही दिनदेखि अस्वस्थ भएपछि उनी आइसियूमा उपचाररत थिइन् । अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत आमा अरुणा भाटियाको निधन भएको जानकारी दिएका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु ।

मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई आरामसँग छोडेर कुनै दोश्रो दुनियाँमा मेरो पितासँग मिल्न पुगेकी छिन् । म तपाईहरु सबैको प्रार्थनाको उच्च सम्मान गर्दछु । ओम शान्ती ।’ अक्षयको आमालाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । यहीकारण लण्डनमा सुटिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छोडेर अक्षय मुम्बई आएका थिए ।

अक्षयले मंगलबार इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै आमाका लागि केही घण्टा नाजुक रहेको र फ्यानलाई प्रार्थना गर्न आग्रह गरेका थिए ।