६ बैशाख २०८१, बिहीबार

अक्षयको ‘रक्षाबन्धन’ आमिरको ‘लाल सिंह चड्डा’सँग भिड्ने

aamir akki

बलिउड अभिनेता अक्षय कुमार बक्स अफिसमा फेल हुँदै गैरहेका छन् । उनी अभिनित पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा पत्तासाफ भयो । यो चलचित्र असफल भएपछि अक्षयमाथि लगाइएका अरबौंको बजेट अब के हुन्छ भन्ने चर्चा पनि सुरु भएको छ ।

यसैविच, अभिनेता आमिर खानको महत्वकांक्षी प्रोजेक्ट ‘लाल सिंह चड्डा’ अगष्ट ११ बाट रिलिज हुने पक्का भैसकेको थियो । अब, यही मितिमा अक्षयको फिल्म ‘रक्षा बन्धन’ पनि रिलिज हुने पक्का भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै दिदी भाइको कथामा तयार भएको फिल्म अगष्ट ११ मा रिलिज हुन लागेको जानकारी दिएका छन् ।

यो चफिल्मलाई आनन्द एल रायले निर्देशन गरेका हुन् । फिल्ममा भूमि पेडनेकर मुख्य भूमिकामा छिन् । हिमांशु शर्मा र कनिका ढिल्लोले मिलेर अक्षयको फिल्मको कथा लेखेका हुन् ।

यी दुबै फिल्मलाई बक्स अफिसमा हिट हुनका लागि ठूलो आँकडाको व्यापार गर्नुपर्ने हुन्छ ।