
सत्ता गठबन्धनका दलहरु मन्त्रीपरिषद बिस्तार गर्ने छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै मन्त्रीपरिषद बिस्तार गर्ने तयारीमा रहनुभएको बताइएको छ । यसबारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरिरहेको नेकपा (एकीकृत समाजवादी) का एक सांसदले जानकारी दिएका छन् ।
गठबन्धनका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषदले अझै पूर्णतः पाउन सकेको छैन । देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा समेत पाँच मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकारका काम कारवाही सञ्चालन हुँदै आएको छ ।
काँग्रेसमा पनि आकांक्षी धेरै भएपछि मन्त्रीको टुङ्गो लाग्न सकेको छैन ।
यस्तै गठबन्धनका दलहरुबीच मन्त्रालयको बाँडफाँटमा समेत मतान्तर देखिएको छ । एककिृत समाजवादी र जसपाले पनि मन्त्री हुनेको अन्तिम टुङ्गो लगाउन बाँकी छ ।
यो पनि पढ्नुहोस्