१२ बैशाख २०८१, बुधबार

कहाँ कति मेयर र उपमेयरले गरे लोसपाको पक्षमा सनाखत ?

mahantha

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा आजसम्म सनाखत गर्ने विभिन्न जिल्लाका मेयर र उपमेयरको विवरण प्राप्त भएको छ ।

प्राप्त विवरणअनुसार लोसपाको पक्षमा विभिन्न जिल्लामा १८ जना मेयर र २७ जना उपमेयरले सनाखत गरेका छन् । लोसपाको पक्षमा सप्तरीमा एक मेयर र तीन उपमेयर, धनुषामा एक मेयर र दुई उपमेयर, महोत्तरीमा ६ मेयर र १० उपमेयरले सनाखत गरेका छन् ।

यस्तै सर्लाहीमा पाँच मेयर, बारामा तीन मेयर र पाँच उपमेयर, पर्सामा दुई उपमेयर, रुपन्देहीमा एक मेयर र १ उपमेयरले लोसपा रोजेका छन् ।