११ बैशाख २०८१, मंगलवार

अधिकांस पुरानै उम्मेदवार मधेश प्रदेशमा

province 2 map

मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि मधेश प्रदेशमा पनि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदबार र तिनका समर्थकहरुले तामझामका साथ नारा जुलुससहित मनोनयन दर्ता गराएका हुन । मधेश प्रदेशमा अधिकांस पुरानै उम्मेदवार छन् ।

मधेश प्रदेशमा राम्रो पकड मानिएको र अघिल्लो निर्बाचनमा तालमेल गरि संगै चुनाव लडेका जसपा र लोसपा भने यस पालि दुई ध्रुवमा बिभाजित भएको छ ।

पुर्ब प्रधानमन्त्री समेत रहेका माधबकुमार नेपाल आफ्नो जन्मथलो रौतहटबाट मनोयन दर्ता गराएपछि चार दलिय सहमति अनुसार लोसपाका अनिल झा धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदबारी दिएका हुन ।

गठबन्धनमा पनि टिकट बितरणलाई लिएर निकै असन्तुष्टि छ । टिकटकै लागि पार्टि परित्याग र प्रबेशको खेल मनोयन दर्ता गराउने बेला सम्म देखिएको हो ।

अन्तीम समयमा गठबन्धनबाट छुटिएका जसपा र नेकपा एमाले बिच सिट बाँडफाँडमा सहमति भएपनि मधेश प्रदेशको कतिपय निर्वाचन क्षेत्रमा भने बिवाद यथाबत नै छ ।

मधेश प्रदेशका ३३ लाख ६८ हजार ६ सय २८ जना मतदाताले ५ बर्षको दोस्रो कार्यकालका लागि प्रतिनिधीसभाको ३२ र प्रदेशसभाको ६४ जना सांसद रोज्ने छन् ।