१६ चैत्र २०८०, शुक्रबार

मकवानपुरका ३९ जनप्रतिनिधिले छाडे एमालेको साथ

CPN UML

मकवानपुरका विभिन्न १० वटा स्थानीय तहका ३९ जना जनप्रतिनिधिले एमाले छोडी नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

सनाखतका लागि अन्तिम दिनसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका उपप्रमुख, पालिकाका प्रमुख, वडाध्यक्ष, सदस्यलगायत ३९ जनप्रतिनिधिले एमालेको साथ छोडेका हुन् ।

सनाखतको अन्तिम दिन मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेर चार जनाले एकीकत समाजवादीमा सनाखत गरेका छन् । मंगलबार सनाखत गर्नेहरूमा हेटौंडा उपमहानगरपालिका वडा नम्बरऔ१३ का वडा सदस्य सन्तबहादुर तितुङ, मनहरी-९ का वडा सदस्य गंगा सुनार, कैलाश गाउँपालिका वडा नम्बर-५ का वडा सदस्य बेलबहादुर तितुङ र कैलाश-९ का वडा सदस्य लालीमाया भुलुन रहेका छन् ।

यसअघि सोमबार इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिका कार्यपालिकी सदस्य कल्पना विक, हेटौंडा-१ का सदस्य ईश्वरी कामी (सुनार), इन्द्रसरोबर गाउँपालिका वडा नम्बर-५ का अध्यक्ष धनराज महर्जन, थाहा नगरपालिका वडा नम्बर-११ का सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर-५ का सदस्य विष्णु तिमल्सिना, इन्द्र सरोबर-५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बाले एकीकृत समाजवादी रोजेका छन् ।

यस्तै, बिहीबार हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलगायत २५ जना जनप्रतिनिधिले एमाले छाड्दै एकीकृत समाजवादीमा सखानत गरेका थिए ।

बिहीबारै सनाखत गर्नेहरूमा हेटौंडा-१३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सीता अधिकारी, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्णबहादुर राई, हेटौंडा-१ का वडा सदस्य बेगम बराल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-३ का सदस्य कुमारसिं लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-७ की सदस्य सन्तुमाया पाख्रीन, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ का सदस्य शुकराम केशी रहेका छन् ।

यस्तै, थाहा नगरपालिका वडा नम्बर-११ का अध्यक्ष किरणमान बल, थाहा-५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, थाहा-५ कै वडा सदस्य उर्मिला सुनुवार, थाहा नगरपालिका वडा नम्बर-११ की सदस्य मैया विश्वकर्माले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर-८ का अध्यक्ष सुर्जबहादुर थिङ, वडा नम्बर-८ कै सदस्य अनिता बलले एकीकृत समाजवादी रोजेका छन् ।

यस्तै, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँ पालिका वडा नम्बर-३ का कार्यबाहक अध्यक्ष विष्णुबहादुर थिङ, मनहरी-३ की वडा सदस्य उमाकुमारी नेपाली, मनहरी गाउँपालिका वडा नम्बर-८ का अध्यक्ष साधुराम अधिकारी, मनहरी गाउँपालिका वडा नम्बर-५ का इन्द्रकुमार सार्की, मनहरी गाउँपालिका वडा नम्बर-८ का सदस्य अम्बिका दमाईले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

एकीकृत समाजवादीमा सनाखत गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर-९ का सदस्य कर्णबहादुर पाख्रीन र बकैया गाउँपालिकाका चार जना सदस्य रहेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए ।