१४ बैशाख २०८१, शुक्रबार

दुई जनप्रतिनिधिले मात्रै तेह्रथुममा रोजे एकीकृत समाजवादी

madhav

तेह्रथुममा एक जना गाउँपालिका अध्यक्ष र एक जना वडा अध्यक्षले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

आठराई गाउँपालिका अध्यक्ष मानबहादुर कन्दङवाले जिल्ला निर्वाचन कार्यालय तेह्रथुममा उपस्थित भई एकीकृत समाजवादी पार्टीका पक्षमा मंगलबार सनाखत गर्नु गरेका छन । यस्तै मेन्छ्यायेम गाउँ पालिका वडानम्बर–५ का वडाध्यक्ष शिवनाथ खापुङले पनि एकीकृत समाजवादी रोजेका छन् ।

गाउँपालिका अध्यक्ष कन्दङवाले संविधान र लोकतन्त्र रक्षाका लागि आफू सुरुदेखि नै प्रतिगमनविरुद्धको अभियानमा लागेकोले बताएका छन् ‘पूर्वप्रधानमन्त्री केही शर्मा ओली मेरै गाउँपालिकामा जन्मिनु भएको हो । उहाँसँग राजनीतिक सिद्धान्तले मेल खाएन । त्यसैले मैले करिव दुई दशक योगदान गरेको नेकपा एमाले पार्टी परित्याग गरे’, उनले भने ।

तेह्रथुममा दुई जना जनप्रतिनिधिले मात्र एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।