८ बैशाख २०८१, शनिबार

जाजरकोटमा १० जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

dd1631031505

जाजरकोटमा दुई जना वडाध्यक्षसहित १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म जाजकोटमा १० जनाले एकीकृत समाजवादी रोजेका हुन् ।

जाजरकोटका सात स्थानीय तहमध्ये तीन स्थानमा एमालेले प्रमुख पद जितेको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधि मध्ये एकीकृत समाजवादीमा सनाखत गर्ने प्रतिनिधिहरूमा छेडागाड नगरपालिका–१ का अध्यक्ष गणेशप्रसाद जैसी र २ नम्वरका अध्यक्ष बालकृष्ण बुढा रहेका छन् ।

त्यस्तै छेडागाड-१ कै कार्यपालिका सदस्य गोरी कामी, सदस्य बीरबहादुर बुढाले एकीकृत समाजवादी रोजेका हुन् । वडा नम्बर-२ की सदस्य कौशिला सुनार, साउनी बुढा पनि एमाले त्यागेर समाजवादीमा गएका छन् ।

छेडागाड नगरपालिका–५ का वडा सदस्य रामप्रसाद जैसी, छेडागाड नगरपालिका-६ बाट कार्यपालिका सदस्य चन्द्री रावत, वडा नम्बर-९ बाट कार्यपालिका सदस्य गंगा नेपाली र कुशे गाउँपालिका–५ बाट वडा सदस्य शुसीला कामीले एकीकृत समाजवादी रोजेका छन् ।