२० बैशाख २०८१, बिहीबार

कोरोनाको उपचार गर्न टेकु अस्पतालले करार सेवामा माग्यो ४४ स्वास्थ्यकर्मी, आवेदन आह्वान

thumb.php

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने प्रयासमा संक्रमितको परीक्षण तथा निगरानीको प्रमुख जिम्मेवारी पाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना भाइरस विरुद्धको अभियानका लागि तत्काल आवश्यक परेका थप जनशक्तिको पदपूर्ति करार सेवा मार्फत गर्ने भएको छ ।

टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न ४४ स्वास्थ्यकर्मी माग गरेको छ ।

तीन महिनाको करार अवधिका लागि कन्सलटेण्टसहित स्टाफ नर्ससम्मको आवेदन आह्वान गरेको छ । कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ्ग अधिकृत चारजना र स्टाफ नर्स २६ जनाका लागि आवेदन आह्वान गरेको हो ।

माग गरिएका जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्स छन् । अस्पतालले आइतबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेका बेला देशकै एकमात्र सरुवा रोग अस्पतालले तीन महिनाका लागि कर्मचारी माग गरको हो ।

teku