१५ बैशाख २०८१, शनिबार

राष्ट्र संकटमा परेका बेला कांग्रेसले निकास दिन्छ : नेता सिंह

6135eab38416f prakashman

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दैै आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज (साेमवार) जोरपाटीमा आयोजना गरेको ‘पार्टीको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले निकास दिनकै लागि पार्टीको नेतृत्वमा वर्तमान सरकार गठन भएको बताउनुभएकाे हाे ।

देशमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कसैसँग सम्झौता नगरेको पार्टीको इतिहास निरन्तर कायम गरिनुपर्नेमा पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले जोड दिनुभयो ।

उहाँले कांग्रेसले विगतमा अराष्ट्रिय तत्वको आरोप खेपेर पनि लोकतान्त्रिक मूल्य मान्यताका लागि काम गर्दै आएको स्मरण गर्दै संविधानमा उल्लेख भएका नागरिकका मौलिक अधिकारको रक्षाका लागि कांग्रेस नेतृत्वको सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

पार्टीको १४ औँ महाधिवेशनअघि क्रियाशील सदस्यता वितरणमा विधि र प्रक्रिया मिचिएका विषयमा नेतृत्व सजग हुनुपर्ने नेता सिंहको भनाइ थियो । विगत निर्वाचनमा कांग्रेस कमजोर भएकैले लोकतान्त्रिक संविधान फाल्न खोजिएको उल्लेख गर्दै उहाँले वडा तहसम्म आधार बलियो पार्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।