११ बैशाख २०८१, मंगलवार

महँगियो तरकारी

tarkari 69

तीजको मुखमा तरकारीको भाउ महँगिएको छ । डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको होध्र
बाढीपहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकाशिएको व्यापारी बताउँछन् ।

कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो साता तरकारी महँगो हुनुुको मुख्य कारण आयात नियमित नहुनुु नै भएको बताउनुुभयो ।

उहाँले भन्नुुभयो, तरकारी बजारमा नआएको होइन आएको छ तर बिहान आउनुपर्ने तरकारी बेलुुका आउँछ जसले गर्दा कतिपय तरकारी कुुहिएर फाल्नुुपरेको पनि छ । यसले गर्दा पनि महँगो भएको छ ।

निषेधाज्ञाको अन्त्य भएसँगै बजारमा मानिसको चहलपहल बढ्नुुका साथै महिलाको महानपर्व तीजमा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस खुलेकाले तरकारीको माग पनि पहिलेभन्दा अझै बढेको आचार्यले बताउनुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।

समितिका अनुसार भदौको पहिलो साता प्रतिकेजी २०/२५ रुपियाँमा पाइएको भिन्डी बढेर अहिले थोकमै ७० रुपियाँ पुुगेको छ । काँक्रो, सिमी, करेला पनि ३०/४० रुपियाँबाट बढेर ८० देखि ९० रुपियाँ पुुगेको छ । काउली, बन्दा, घिरौँला, लौकालगायतका तरकारीको भाउ पनि महँगो भएको समितिले जनाएको छ ।

गोलभेँडा भने प्रतिकेजी २५/३० रुपियाँबाट घटेर थोकमा २०/२२ रुपियाँमा झरेको छ । समितिका अनुसार शनिवार बजारमा झन्डै एक हजार एक सय मेट्रिक टनको हाराहारीमा बजारमा तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आयात घटेरभन्दा पनि माग बढेर भाउ महँगिएको बताउनुुभयो । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको उहाँको भनाइ छ ।

कलङ्कीबाट कालीमाटी बजारमा तरकारी किन्न आउनुभएकी रीता सुवेदीले तीजको मुखमा तरकारी र फलफूलको मूल्य महँगिएको सुनेर अलमलमा परेको बताउनुभयो । दरलाई भनेर तरकारी फलफूल किन्न आएकी महँगीले गर्दा के किन्ने भन्ने नै अन्योल भयो, उहाँले भन्नुभयो ।

वरपरको पसलमा राम्रो तरकारी नपाएपछि कालीमाटीमै आइपुग्नुभएकी उहाँले महँगो तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गर्नुभयो । डेढ साताअघिसम्म एक सय रुपियाँमा एक झोला तरकारी आउने गरेकोमा अहिले भने महँगिएर एक केजी मुुस्किलले आउने गरेको उहाँको अनुुभव छ ।

व्यवसायीले पसलैपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो । विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मीहरू बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसेनाले तरकारी भाउ पसललै पिच्छे तरकारी र फलफूलको भाउ हुँदा पनि यसको सरकार निकायबाट अनुगमन हुुन नसक्नुु विडम्बना हो भन्नुभयो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक शिवप्रसाद सेढाईंले सोमबार/मङ्गलबारदेखि नै कृषिसँग सहकार्य गरेर तरकारी र फलफूलको मूल्य अनुुगमन गर्ने जानकारी दिनुुभयो ।