१६ चैत्र २०८०, शुक्रबार

आफ्नै दाजुको हत्या आरोपमा भाइ पक्राउ

रतन राजबंशी1630905535

झापामा आफ्नै दाजुको हत्या गर्ने कचनकवल-३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् । उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो ।

सामान्य विवादमा बिर्तामोड ४ स्थित डेरा गरी बस्ने रतनलालले आफ्नै दाजु ५० वर्षिय भाद्रु राजवंशीको शनिबार राति हत्या कुटेर हत्या गरेका थिए । लिटल फ्लावर्स स्कुल छेउमा खेमप्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने अटो चालक रतनलाल आफू सुत्ने कोठामा मृत फेला परेका थिए । घटनापछि रतनलाल आफ्ना छोरा ९ वर्षिय श्रीमन राजवंशीलाई साइकलमा साथमा लिएर भागेका थिए ।

शनिवार राति १२ बजे दाजुभाइबीच सामान्य विवाद भएको र दाईको हत्या गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतकका छोरा १५ वर्षिय देवनारायण राजवंशीले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले राति ९ बजे मेचीनगर १५ स्थित आफन्तको घरबाट रतनलाई हत्यामा प्रयोग भएको मार्तलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई इप्रका बिर्तामोडमा राखिएको र सोमबार झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताउँनुभयो ।