१६ चैत्र २०८०, शुक्रबार

झापामा १० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको निधन

elephant hatti

झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको निधन भएको छ ।

सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरुको निधन भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिनुभयो ।

उहाँ अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी निधन भएको छ ।

उहाँ छिमेकी गाउँपालिका कचनकवल–१ मा रहेको पश्चिम देउराली सामुदायिक वनमा बाख्रालाई घाँस काट्न जानुभएको थियो । घाँस लिएर घर फर्कने क्रममा भुजेललाई मङ्गलबार अपरान्ह ३ बजे हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालयका प्रमुख पाठकले भनाइ छ ।

सोही वडाका ८० वर्षीय देवीबहादुर अधिकारीको गत भदौ १५ गते हात्तीले नै कुल्चेर निधन भएको थियो ।