११ बैशाख २०८१, मंगलवार

लेह फर्नान्डेज युएस ओपन टेनिसको क्वार्टरफाइनल प्रवेश

Leylah Annie Fernandez

क्यानेडियन खेलाडी लेह फर्नान्डेज युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

१९ वर्षीय फर्नान्डेजले १६औं वरियताकी एञ्जलिक केरबरलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेकी हुन् । फर्नान्डेजले जर्मनीकी केरबरमाथि ४–६, ७–६ र ६–२ को सेटमा हराइन् ।

फर्नान्डेजले तेस्रो चरणमा साविक विजेता नाओमी ओशाकालाई पराजित गरेकी थिइन् । अब सेमिफाइनल प्रवेशका लागि फर्नान्डेज र युक्रेनी खेलाडी इलिना स्विटोलिनाबीच प्रतिस्पर्धा हुनेछ ।

पाँचौं वरियताकी स्विटोलिनाले पूर्व विश्व नम्बर एक सिमोना हलेपलाई हराउँदै अन्तिम आठमा पुगेकी हुन् ।