८ बैशाख २०८१, शनिबार

आफू सीआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिने ‘नक्कली’ इन्स्पेक्टर पक्राउ

pakarau y

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को इन्स्पेक्टर हुँदै भन्दै धम्की दिने एक युवक पक्राउ परेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्क क्षेत्रका होटलहरुमा आफूलाई सीआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिइरहेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यान दार्माकोट गाउँपालिका २ का दिपेन्द्र रोकाय छन् । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

रोकायले आफूलाई सीआइबीको इन्स्पेक्टर हुँ भन्दै त्यस क्षेत्रका होटलहरु तथा सर्वसाधारणलाई डर त्रास देखाई हैरानी दिएको सूचनाको आधारमा पक्राउ गरिएको हो ।

उनले मिसन रोकाय क्षेत्रीको नामबाट खोलेको फेसबुकमा समेत सीआइबीको लोगोमा आफ्नो फोटो टाँसेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ रोकायबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।