१२ बैशाख २०८१, बुधबार

कास्कीमा १३० सहित प्रदेशमा १८८ जनामा काेराेना पुष्टि

corona insurance

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६७ जना पुरुष तथा ६३ जना महिला गरी १३० जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २८ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १३० सहित म्याग्दीका ५ जना, गाेरखाका १ जना, लमजुङका १३ जना, तनहुँका ७ जना, बाग्लुङका १ जना, स्याङ्जाका १३ जना र नवलपुरका १८ जना गरी प्रदेशका ८ जिल्लामा गरी ९५ पुरुष तथा ९३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ३३७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ३७९ पुगेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३०६ पुगेको छ।