८ बैशाख २०८१, शनिबार

साढे दुई वर्षदेखि थुनामा रहेका दुई निर्दाेष सैनिक भरतपुर कारागारबाट छुटे

armyduo1630670849

साढे दुई वर्षदेखि थुनामा रहेका दुई निर्दाेष सैनिक जवान भरतपुर कारागारबाट छुटेका छन् ।

भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्लले सैनिक अदालतको आदेशअनुसार थुनामा रहेका दुई सैनिकहरुलाई छाडिएको बताए ।

नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार ‘एसएमजी’ चोरेको आरोपमा दुई सैनिक जवान कारागारमा रहेका थिए । कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्गलाई सैनिक अदालतले सफाइ दिएको थियो ।

एसएमजी हतियार चोरीमा उनीहरुको संलग्नता नरहेको पुष्टि भएपछि सैनिक अदालतले उनीहरुलाई सफाइ दिएको हो ।

सैनिकद्वय तामाङ र गुरुङले चोरी गरेको भनिएको साउन ७ गते चितवनमा सैनिक भरत गुरुङको हत्यामा गंगाधर ढकालले प्रयोग गरेको खुलेपछि यो मुद्दा ढकालतर्फ फर्किएको थियो भने सैनिकद्वयले सैनिक विशेषमा पुनरावेदन गरेको निवेदनमाथि सुनुवाई अघि बढाइएको थियो ।

उता गन चोरेको र सोही हतियार प्रयोग गरी आफ्नै साथी सैनिक गुरुङको हत्यासमेत आफैँले गरेको स्वीकार गरेका ढकाललाई भने सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाइसकेको छ ।

यस सम्बन्धी भिडियो र थप जानकारीका लागि नारायणी अनलाइनमा केही समयमा आउने छ ।