६ बैशाख २०८१, बिहीबार

(विज्ञप्तिसहित) तीजमा ब्रतालु भक्तजनले पशुपतिनाथकाे दर्शन र पूजा गर्न पाउने

pashupatinath

तीजमा ब्रतालु भक्तजनले पशुपतिनाथको दर्शन र पूजा गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको हाे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न व्यवस्था मिलाउन निर्देशन दिएकाे छ ।

चार महिनाभन्दा बढी समयदेखि सर्वसाधारणका लागि बन्द रहेकाे पशुपतिनाथकाे मन्दिर तीजअगावै खुला गर्ने तयारी गर्ने भएकाे हाे । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न भनेकाे छ ।

112434510jillsa