२६ बैशाख २०८१, बुधबार

निर्वाचन आयोग र सभामुख सापकोटाविरुद्धको रिटमा आज सुनुवाइ हुने

suprem court

निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको हो ।

नेपाल कम्यूनिष्ट पार्टी एमालेले बुधबार निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ । त्यसैगरी सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरुको सूचना टाँस नगरेको र लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरिएको छ ।