१६ चैत्र २०८०, शुक्रबार

विद्युत प्राधिकरणमा ३३९ जनालाई रोजगारीको अवसर

NEA

नेपाल विद्युत प्राधिकरणले तीन सय ३९ जना कर्मचारी मागेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो।

अधिकृत र सहायकस्तरमा सह–निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका  लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।

असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।