१९ बैशाख २०८१, बुधबार

के राज कुन्द्रालाई छोड्न सक्छिन् शिल्पा ?

kundra silpa

बलिउड अभिनेत्री शिल्पा सेट्टी चर्चाको शिखरमा आउन थालेको अब केही समय भइसकेको छ । तर, यसपटक उनी राम्रो काम गरेर चर्चामा आएकी होइनन् । उनी त पति राज कुन्द्राको कामका कारण चर्चामा आएकी हुन् ।

शिल्पाले पति राज कुन्द्रासँग अलग हुने सोच बनाइरहेको भारतीय मिडियाले उल्लेख गरेको छन् । पोर्नोग्राफिक फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पाका पति राज कुन्द्र अहिले पनि प्रहरी हिरासतमा छन् ।

प्रहरीले उनले गरेका काममाथि छानबिन गरिरहेको छ । शिल्पा आफ्ना सन्तानलाई उनीहरुकोे पिताले गलत तरिकाले कमाई गरेको सम्पत्तीबाट अलग राख्न चाहन्छिन् ।

शिल्पा राजले कमाएको रकमबाट आफ्नो जीवन अगाडि बढाउन चाहन्नन् । १९ जुलाई २०२१ मा पक्राउ परेका राज कहिले छुट्ने हुन् भन्ने टुंगो लागेको छैन । तर, अब शिल्पा र राजको जोडी चाहिँ छुट्ने सम्भावना बढेको छ ।

किनकि राजको कामबाट शिल्पा नाराज भएकी छिन् ।शिल्पा आफैले पनि रियालिटी शोबाट निक्कै राम्रो रकम आम्दानी गरिरहेकी छिन् । शिल्पालाई बलिउड चलचित्रको अफर पनि एकपछि अर्को रुपमा आइरहेको छ । यसैले पनि राजको सम्पत्ती विना नै आफ्नो जिन्दगी अगाडि बढाउन सकिन्छ भन्नेमा शिल्पा विश्वस्त छिन् ।

शिल्पाले आफूमाथि बेइमानी भएको निष्कर्ष निकालेको र यसले गर्दा अब राज र उनको सम्बन्ध टुट्न सक्ने अनुमान गरिएको छ । एजेन्सी