१३ बैशाख २०८१, बिहीबार

भदौ २२ सम्म मन्त्रिमण्डल विस्तार हुदैनः मधव नेपाल

madhav 1
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भदौ २२ सम्म मन्त्रिमण्डल विस्तार नहुने संकेत गर्नुभएको छ । बिहीबार नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेताको रुपमा पहिलो पटक पदभार सम्हाल्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

सो अवसरमा नेता नेपालले आफू  नेतृत्वको पार्टीमा आउन पार्टीपंक्तिमा आव्हान गर्नुभएको छ । अध्यक्ष नेपालले नेकपा एमालेको एकताका लागि गरिएको दस बुँदे सहमतिपत्रको भ्रममा कोहिपनि नपर्न समेत प्रदेशसभा सदस्य, जनप्रतिनिधि लगायत सिंगो पार्टी पंक्तिमा आव्हान गर्नुभएको छ ।

साउन २७ गते राति १० बजे दस बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने कारण के थियो ? प्रश्न  गर्दै नेपालले भन्नुभयो । आफूहरुले केपी ओली प्रवृत्तिका विरुद्ध २०७७ चैत ४ र ५ गते राष्ट्रिय सम्मेलन गरेर विद्रोहको पहिलोपटक शंखघोष गरिएको पनि उहाँले बताउनुभयो । नेपाल नेतृत्वको नेकपा ९एस०ले आगामी दिनमा नयाँ क्रान्तिकारी कम्युनिस्ट शक्तिको रुपमा स्थापित हुँदै जाने दाबी गर्दै आएको छ ।