१५ चैत्र २०८०, बिहीबार

जसपाभन्दा हामी स्ट्रंग छौँ

mahant thakurrr 750x375 1
फाइल फोटो

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरु जनता समाजवादीभन्दा बलियो रहेको दाबी गरेको छन् । जनप्रतिनिधिलाई आफ्नो पक्षमा राख्न तराई झरेका आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले आफूहरु जसपाभन्दा स्ट्रंग भएको दाबी गरेका हुन् ।

उनले लोसपाको विषयमा कमसैले विश्लेषण गरेर नहुने पनि बताए । आज लोसपाका अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकुर आएका छन् । आज जसपाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु नयाँ दल रोज्नका लािग निर्वाचन कार्यालय पुग्दैछन् ।

यहीबेला लोसपाका ३ वरिष्ठ नेता जनकपुर आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । आगामी २२ गतेसम्म प्रदेश र स्थानीय जनप्रतिनिधिले नयाँ दल रोज्न पाउने छन् । अहिले नेताहरुले जनप्रतिनिधिलाई आफ्नो पार्टीको पक्षमा पार्नको लागि दौडधुप गरिरहेका छन् ।