८ बैशाख २०८१, शनिबार

यस्ता निर्णय गर्यो आजको मन्त्रीपरिषद् बैठकले

gyanendra bdr Karki

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिष्द् बैठकले चीनसंगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । सराकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।

बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रसहितको समिति गठन गर्ने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले उक्त समितले अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्ने जानकारी दिनुभयो । स्वीस सरकारको सहयोगमा दिगो तथा सम्मानीत रोजगारीका लागि सीप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १ अर्ब ९३ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारले निर्णय गरेको कार्कीले जानकारी दिए ।

उनले माओवादी सेनाका घाइते, अपाङ्ग, लडाकुलगायतका विभिन्न आन्दोलनमा घाइतेहरुका लागि पुनः स्थापना हेरचाह दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए । कार्कीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको बताए ।