८ बैशाख २०८१, शनिबार

मेयरलाई फोहर उपहार

L3B12h6e 750x375 1

बाराको जीतपुर सिमरा उमपहानगरपालिकाका युवाहरुले बजारको फोहोर मेयर डा. कृष्ण पौडेललाई उपहार पठाएका छन् ।

लामो समयदेखि फोहर व्यवस्थापन गर्ने बिषयमा उपहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक बिरोध स्वरुप युवाहरुले बजारको फोहोर उपहार पठाएका हुन् ।

फोहोर व्यवस्थापन नहुदा दुर्गन्ध बढ्दै गएको भन्दै सिमरा र औराहाका युवाहरुले सिमरा बजारको फोहोर उपमहानगरपालिकाको गेटमा थुपारेका छन् । किशन ढकाल र अजित खतिवडाको नेतृत्वमा रहेको युवाहरुको टोलीले एकाबिहानै सिमराको फोहोर संकलन गरी उपमहानगरपालिकाको गेटमा थुपारेको हो ।

उपमहानगरपालिकालाई पटक पटक फोहोर व्यवस्थापनको लागी ध्यानाकर्षण गराएपनि बेवास्ता गरेकाले बाध्य भएर उपमहानगरको गेटमा फोहोर थुर्पानु परेको ढकालले बताए । तत्कालै फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानगरपालिकाले चासो नदेखाए प्रत्येक दिन गेटमा फोहोर थुर्पाने युवाहरुले चेतावनी दिएका छन् ।