२० बैशाख २०८१, बिहीबार

कोरोना भाइरससम्बन्धी अडियोमार्फत अफवाह फैलाउने विवेक थापा पक्राउ

hathkadi web

कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २१ वर्षीय विवेक थापा मगर छन् । उनलाई साइबर व्युरोको टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिए ।

नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ बनाएका थिए।

विवेकले नर्भिक इन्टरनेशनल हस्पिटलमा अस्पतालमा ८ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको सूचना एकजना चिकित्सकले बताएको क्लिप ‘भाइरल’ भएको थियो । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केहीको मृत्यु भएको भ्रम फैलाएका थिए । 

प्रारम्भिक सोधपुछमा निजले आफुले संचालन गरेको पेजमा reach र engagement वृद्धि गर्न सो भ्रम र अफवाह फैलाएको स्विकार गरेका छन् । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

उक्त अडियो म्यासेन्जरमा भाइरल भएपछि प्रहरीको साइबर ब्युरो अनुसन्धानमा जुटेको थियो। आजै नर्भिक हस्पिटलले समेत भम्र फैलाउने व्याक्तिमाथि कारवाहीको माग गरेको थियो । 

आफूले संचालन गरेको कुनै पनि पेजहरुमा reach र audience वृद्धि गर्न यस किसिमका गतिविधि नगर्नहुन र यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा समेत सबैमा जानकारी गराउँदछौं ।