११ बैशाख २०८१, मंगलवार

लक्की मिडिया हाउसद्धारा चलचित्र कलाकार संघको टोलीलाई चितवनमा स्वागत

IMG 3686

नेपाल चलचित्र कलाकार संघको टोलीलाई चितवनमा भब्य स्वागत गरिएको छ ।
मोफसलकै चर्चित लक्की मिडिया हाउसद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमका बीच
उनीहरुलाई भब्य स्वागत गरिएको हो ।

टोलीमा संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौला, महासचिवमा तेजबहादुर सिंह ‘राजा’ र केन्द्रीय सदस्य रामेश्वर बुर्लाकोटी रहेका छन ।

उनीहरुलाई लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले स्वागत गरेका थिए । स्वागत पछि चलचित्र क्षेत्रका समस्या, चिन्ता र चासोको बारेमा छलफल भएको थियो । छलफल कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले पछिल्लो समय चलचित्र क्षेत्र धरायशायी हुंँदा आम कलाकारहरुलाई समस्या भएको बताए ।

कलाकार देशका गहना रहेको बताउंँदै उनले कलाकारको प्रतिभा र योगदानलाई कदर गर्नुपर्नेमा जोड दिए । संघका महासचिव सिंहले कलाकारले देशका सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको बताए । कलाकारबाट देशलाई चिनाउन सहयोग पुग्ने भन्दै उनले उनीहरुको योगदानलाई राज्यले भूल्न नहुने बताए ।

कलाकार र चलचित्र क्षेत्रको सम्बन्ध नङ्ग र मासुको रहेकोले आम दर्शक श्रोताले नेपाली चलचित्रलाई माया गर्नुपर्ने उनको भनाई थियो । आगामी दिनमा संख्यात्मक भन्दा गुणात्मक चलचित्र बनाउन जोड दिनुपर्ने उनीहरुको धारणा थियो ।