६ बैशाख २०८१, बिहीबार

रजनी सचेतना नेपाल फाउन्डेसनद्धारा २० हजार मास्क वितरण

rajani foundation mask

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस (COVID-19) को जोखिम विरुद्धको महाअभियानमा रजनी सचेतना नेपाल फाउन्डेसनले सक्रियता बढाएको छ। तीनै तहको सरकार कोरोना सम्बन्धमा सक्रिय नहुँदै रजनी सचेतना नेपाल फाउन्डेसनले गत माघ २३ गते देखि नै कोरोना भाईरस विरुद्ध अभियान सञ्चालन गरेको छ। 

अभियान अन्तर्गत टोखा नगरपालिकास्थित एघारै वटा वडाका सर्वसाधारणलाई लक्षित गर्दै फाउन्डेसनले नि: शुल्क मास्क र कोरोना भाईरस सम्बन्धि सचेतना मुलक पर्चा वितरण गरेको छ। फाउन्डेसनको सक्रियतामा प्रत्येक वडामा सचेतनामुलक ब्यानर समेत राखिएको छ। फाउन्डेसनका अध्यक्ष रजनी थापाका अनुसार हालसम्म २० हजार थान मास्क वितरण गरिएको छ। 

फाउन्डेसनका अध्यक्ष थापाले महामारीको जोखिमबाट बच्न र जनताको सेवा गर्न सरकारको मुख नताकी काम गर्दै आएको बताइन। कोरोना भाईरसको जोखिमलाई पार गर्न सम्पूर्ण देश एकजुट हुनुपर्ने र सबैले आफू सुरक्षित रहि आफ्नो क्षमताले भ्याएसम्म अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुपर्ने बताइंन।

स्थापना भएको तीन वर्ष नबित्दै रजनी सचेतना नेपाल फाउन्डेसन सामाजिक कार्यमा सक्रिय रहेको छ। फाउन्डेसनले निशुल्क दन्त परिक्षण, जेष्ठ नागरीक सम्मान, विभिन्न विषयक प्रशिक्षण लगाएतका दर्जनौं भन्दा बढी कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।

रजनी थापा राजनीतिकर्मी मात्रै नभइ समाजसेवीको समेत परिचय बनाउन सफल रजनी नेपाली कांग्रेसकी युवा नेतृ हुन। उनी टोखा नगरपालिकामा उपमेयरकी अमेदवार थिइन्।

    सम्बन्धित समाचार...