१४ बैशाख २०८१, शुक्रबार

विद्यालय बन्द भएपछि बालबालिकाले सामान्य पढाई पनि बिर्सन थाले

Balbalika student
फाइल फोटो

विद्यालय बन्द भएपछि साना बालबालिकाले सामान्य पढाइ समेत बिर्सन थालेका छन् भने माथिल्ला कक्षामा पढ्ने बालबालिकामा पढाइ नियमित नगर्ने जोखिम बढेको छ ।

कोरोना कहरसँगै विद्यालय बन्द हुँदा घरमा अध्ययनको कार्य राम्रोसँग तथा नियमित हुन नपाउँदा उनीहरूको पढाइ बिग्रँदै गएको अभिभावकहरू बताउँछन् ।

दोस्रो चरणमा फैलिएको कोरोना कहरले गर्दा लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् ।

वैशाख महिनायतादेखि अहिले सम्म विद्यालय सञ्चालनमा छैनन् । सुदूरपश्चिमका ग्रामीण भेगमा अनलाइन कक्षा सम्भव छैन । जसका कारण बालबालिकाले आधारभूत कुरा पनि बिर्सिएको अमरगढी नगरपालिका ५ का एक जना अभिभावक, डम्वरी भट्ट बताउनुहुन्छ ।

कोरोना महामारी अघिसम्म राम्रो पढिरहेका छोराछोरीले अचेल क, ख, ग र ए, बी, सी समेत बिर्सिदा अभिभावकहहरु चिन्तामा छन् ।

चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रिएको छ ।

साना बालबालिकालाई अध्ययन गराउने विकल्प नभएको र घरमै पनि पढाउन नसकेको अर्का अभिभावक अमरगढी नगरपालिका १ भात्काडाका दिलबहादुर ऐरको भनाई छ ।

विद्यालय नचलेपछि बालबालिका दिनभरि खेलेर बस्ने गरेका छन् ।

नयाँ शैक्षिकशत्रको लागि पुस्तक किने पनि शिक्षकले पढाउन नपाउँदा विद्यार्थी पढ्न मान्दैनन् ।

कोरोना महामारीका कारण विद्यालय खुल्ने टुङ्गो छैन । गाउँमा अनलाइन कक्षा सम्भव देखिएको छैन ।