१४ बैशाख २०८१, शुक्रबार

लोसपा रोजे प्रदेश २ मा जसपाका १० जना सांसदले (सूचीसहित)

losapa 1

जनता समाजवादी पार्टी (जसपा)का १० प्रदेश सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल र पूर्वमन्त्री एवं लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालय पुग्नु भएको थियो ।

सोनलले भने आज सनाखत नगराउने बताइएको छ । सनाखत गराउने समय भदौ २२ गतेसम्म भएकाले बाँकी सांसदको पछि सनाखत हुने सोनलले बताउनुभयो ।

अहिलेसम्म लोसपा रोजेका सांसदहरुमा प्रमेश्वर साह, सुरिता साह, बविता कुमारी, निलम देवी भूमिहारिन, अल्का झा, गौरी नारायण साह, जानकी शरण साह, जैलुन राइन, रमेश प्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् ।

१८ देखि २० सम्म लोसपा रोज्ने दावी छ । तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । पछि जसपा भएपछि ५४ र एक स्वतन्त्र जसपामा लागेपछि ५५ सांसदसहित जसपाको सरकार थियो ।

अहिलेसम्म लोसपा  रोज्ने सांसदहरु

१. प्रमेश्वर साह
२. सरिता साह
३. बबिता हुमारी
४. निलमदेवी भूमिहारिन
५. अल्का झा
६. गौरी नारायण साह
७. जानकी शरण साह
८. जैलुन राइन
९. रमेश प्रसाद कुर्मी
१०. बाबुलाल साह
११. उपेन्द्र महतो

१२. जितेन्द्र सोनल
१३. अभिराम शर्मा
१४. डिम्पल झा

तीन सांसदको भोलि सनाखत हुने सांसद सोनलले बताए ।

तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । जसमध्ये जसपाका १४ सांसद लोसपाको पक्षमा खुलेका छन् ।