१४ बैशाख २०८१, शुक्रबार

(रुटिनसहित) कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन हुने

see2021 06 26 07 57 16

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने भन्दै परीक्षाको समय तालिका बुधबार प्रकाशित गरेको छ ।

परीक्षा सम्बन्धित विद्यालयमै हुने परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।

परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताउनुभयो । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियो । परीक्षा गर्न अहिले सीसीएमसीले पनि अनुमतिदिएको छ ।

परीक्षाको तालिका :