१६ चैत्र २०८०, शुक्रबार

कक्षा ११ को परिक्षा माघ अगावै

rastriya parikshya board

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा ११ को परीक्षा सन्चालन, व्यवस्थापन र मुल्यांकन कार्यविधि जारी गरेको छ । कार्यविधि अनुरुप नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउने माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ ।

कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाखजेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व नै परीक्षा दिइसक्नुपर्ने छ । यी परीक्षाका संपरीक्षण बोर्डले नै गर्नेछ ।

गत असार १९ गते बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले यसअघि बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालय नै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय गरेको थियो ।