७ बैशाख २०८१, शुक्रबार

छानबिन समितिको प्रतिवेदन : दार्चुला तुइन घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर

pratibedan1630419006

एक महिनाअघि साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ ।

घटनाबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा घटनामा भारतीय एसएसबीको संलग्नता रहेको उल्लेख गरेको हो ।

समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनामा भारतीय एसएसबीको संलग्नता रहेको जानकारी दिएको हो ।

गृहमन्त्रालयले विज्ञप्तिमा दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादिक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको जानकारी दिएको छ ।

144205568griya 67