६ बैशाख २०८१, बिहीबार

आजबाट सुपथ मूल्य पसल सञ्चालन

supath

सरकारले आज शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

सरकारले काठमाडौं उपत्यकाका सतुंगल, कालिमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने बताएका थिए । उनले ललितपुर महानगरसँगको समन्वयमा जावलाखेलमा शनिबारसम्म सुपथ मूल्य पसल सञ्चालनमा आइसक्ने बताए । मन्त्री भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने जानकारी दिए । सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडी पाइन्छन् ।

मन्त्री भट्टले करिब ६ महिनालाई पुग्ने खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनासम्म पुग्ने चिनी बाँकी रहेकोे बताए । उनले ग्यास आयातमा समस्या नभए पनि केही व्यवसायीको कमजोरीले समस्या देखिएको भन्दै अब छिट्टै हल हुने जानकारी दिए । जनताको घरमा आवश्यकभन्दा बढी सामान मौज्दात गरेको सूचना पाए पनि छापा मार्न नमिल्ने बताए ।