६ बैशाख २०८१, बिहीबार

श्रीमतिको हत्या गरि श्रीमानले गरे आत्महत्या

muder

भोजपुरको षडानन्द नगरपालिका-९ ताल खर्कका ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छन् ।

राईले शुक्रवार राती २८ वर्षिया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकै रहेको दुधिलोको रुखमा झुन्डिएर आत्माहत्या गरेका हुन ।आमालाइ खुकुरी प्रहार गरेको देखे पछि ८ बर्षिय छोराले स्थानीयलाई खवर गरेका थिए ।

घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र उनलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेको स्थानीयले जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।