१९ बैशाख २०८१, बुधबार

यतिबेला देशभर डुबान, जुम्लामा सुख्खा

jumla bazar

यतिबेला देशका केही भागमा भारी वर्षा भइरहेका छन् भने कतै हल्का वर्षा भइरहेको छ । वर्षाका कारण देशका अधिकांश तराई क्षेत्रमा बाढी र डुबान भइरहेको छ । पहिरोले धेरै राजमार्गहरु अवरुद्ध बनेका छन् ।

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्म देशैभर पानी पर्ने सम्भावना रहेको जनाएको छ । तर विभागकै अनुसार यतिबेला जुम्लामा भने पानी परेको छैन । जुम्लामा ०.७ मिलिमिटर मात्र बर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पानी भैरहवामा परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवामा २४ घण्टामा १६५ मिलिमिटर पानी परेको हो । विभागले देशको मुख्य १६ क्षेत्रबाट संकलन गरेको तथ्याङक अनुसार विराटनगरमा २.८ र दिपायलमा ३.३ मिलिमिटर परेको थियो ।