१२ बैशाख २०८१, बुधबार

आफ्नै दाजुको हत्या गरेकाे अभियाेगमा भाइ र भतिजा पक्राउ

arest

आफ्नै दाजुको हत्या गरेकाे अभियाेगमा खाेटाङमा भाइ र भतिजा पक्राउ परेका छन् । खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाइ २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् ।

गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछि खोजतलास गर्ने क्रममा बिहीबार बिहानको राती पौने २ बजे घरदेखि अन्दाजी २०० मिटर पर बारीमा मृत अबस्थामा फेला परे पश्चात प्रहरीलाई खबर गरिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएकाे प्रहरी टोलीले बिहीबार नै मृतकका भाइ नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसेर हत्या गरेको भनि प्रारम्भिक अनुसन्धानमा खुलाई दिए पश्चात कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडि बढाइएकाे प्रहरीले जनाएकाे छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।